यूएईबाट नेपाल आउनुभएको एक महिलामा कोरोना सङ्क्रमण पुष्टि

  जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : यूएईबाट नेपाल आउनुभएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उहाँ जेठ २३ गते यूएइबाट फर्किएपछि खरीपाटीस्थित क्वारेन्टाइनमा राखिएको र शुक्रबार उहाँ मुलपानीस्थित क्वारेन्टाइनमा सर्नुभएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा.समिरकुमार अधिकारीले बताउनुभयो ।

हाल उहाँलाई उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको र उहाँको सम्पर्कमा आएकाको खोजी शुरु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया