काठमाडौँ, २९ फागुन : राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट अस्वीकृत भएको छ ।
उक्त प्रस्तावमा भएको मतदानमा शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत प्राप्त भएको बैठकको अध्यक्षता गरिरहनुभएका सभाका उपाध्यक्ष उर्मीला अर्यालले जानकारी गराउनुभयो । सो प्रस्तावमा ५६ सदस्यले मतदान गर्नुभएको थियो ।