सरीता गिरीलाई विधेयक फिर्ता लिन निर्देशन, फिर्ता नलिए पार्टीले कारवाही गर्ने चेतावनी

  जेठ २८, २०७७

काठमाडौं जेठ २८ : समाजवादी पार्टीकी सांसद सरीता गिरीलाई संसद सचिवालयमा दर्ता गराएको विधेयक फिर्ता लिन सो निर्देशन दिएको छ ।

सांसद गिरीले नयाँ नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै बुधवार संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराउनु भएको थियाे ।

सो विधेयक फिर्ता लिनका लागि समाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले निर्देशन दिनुभएको । विधेयक फिर्ता नलिए पार्टील कारवाही गर्न बाध्य हुने निर्देशन पत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया