काठमाडौं, १४ फागुन : विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सङ्घीय संसद्, राष्ट्रिय सभा समक्ष पेस गरिएको छ ।
सोमबार बसेको बैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेस गर्दै प्रतिवेदनबारे सभालाई जानकारी गराउनुभएको थियो । सभापति राईले एक वर्षमा समितिको जम्मा ५४ वटा बैठक सम्पन्न भएको जानकारी दिनुभयो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुभयो । (रासस)