कन्ट्याक्ट ट्रेसिङको आधारमा भेटिए सङ्क्रमित

  जेठ २७, २०७७

प्यूठान जेठ २७ : जिल्लामा कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाव परीक्षण गर्दा सङ्क्रमित भेटिएका छन । पछिल्लो पटक प्यूठान नगरपालिकामा ८ जना व्यक्ति कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट भेटिएका हुन । दाङ गढवामा देखिएका सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर गरिएको थियो, स्वास्थ्य संयोजक गोविन्द घिमिरेले भन्नुभयो, सवै जना भारतबाट आएका व्यक्ति हुन ।

त्यसैगरि, भारतको इन्दौरबाट सँगै आएका गढवा दाङका एक व्यक्तिमा सङ्क्रमण भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव संकलन गरी परीक्षण गर्दा सरुमारानी गाउँपालिका–२ का १९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । उनीसँगै क्वारेन्टाइनमा बसेका २७ जनाको पीसीआर जाँच गरिएको थियो, स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझीले भन्नुभयो । सङ्क्रमितमध्ये सरुमारानीका एक जनालाई दाङको बेलझुण्डी पठाइएको छ भने बाँकीलाई जिल्ला भित्रकै विभिन्न ठाउँमा आइसोलुसनमा राखिएको छ ।

त्यसैगरि, बङ्गलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका माण्डवी गाउँपालिकाका दुई जना सङ्क्रमितलाई पालिकामा ल्याएर आइसोलुसनमा राखिएको स्वास्थ्य संयोजक धुव्र कुमार पोख्रेलले जानकारी दिनुभयो । स्वर्गद्धारी नगरपालिकामा एक जना सङ्क्रमितलाई आइसोलुसन कक्षमा राखिएको छ । स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य संयोजक दल बहादुर केसीले उक्त सङ्क्रमितसँगको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा थप २६ जनाको स्वाव सङ्कलन गरी पठाइएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया