अछाम, जेठ २६ : जागिरबाट हटाएको भन्दै आफैंमा पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको छ । सोमबार विहान वयलपाटा अस्पतालको आकस्मिक कक्ष अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका साँफेबगर नगरपालिका–६ भागेश्वरका सिद्धान्त आउजीको मृत्यु भएको हो ।
हेलिकप्टरबाट उद्धार गरेर सोमबार दिउँसो नै कोहलपुर उपचारका लागि लगिइए पनि उपचारकै क्रममा मृत्यु भएको खबर आएको साँफेबगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरपति भट्टले जानकारी दिनुभयो । अस्पतालको सरसफाइ कर्मचारीको रुपमा मृतक डेढ वर्षदेखि कार्यरत थिए । अस्पतालमा आर्थिक संकट परेको भन्दै सिद्धान्तलगायत ३२ जना कर्मचारीलाई करार सम्झौता नगरेको बताइएको छ ।