काठमाडौं, जेठ २५ : विश्व बैंकले विश्व अर्थतन्त्रका लागि कोरोनाभाइरस महामारी विनाशकारी हुने बताउनुभएको छ । महामारीले करोडौं व्यक्तिको जिविकोपार्जन नराम्ररी प्रभाबित हुने बैंकले जनाएको छ ।
विश्व बैंकका अध्यक्ष देविड मलपासले अर्थतन्त्र पुरानै अवस्थामा फर्किन कम्तिमा एक दशक लाग्ने बताउनुभयो । गत् मई महिनामा मलपासले कोरोनाभाइरसले विश्वका करीब छ करोड व्यक्ति अत्यन्तै गरिबीमा पर्ने बताउनुभएको थियो । विश्व बैंकले दैनिक १.९० अमेरिकी डलरभन्दा कम आय हुने व्यक्तिलाई अत्यन्तै गरिबी रहेको सूचीकृत गरेको छ ।
शुक्रबार बीबीसीको रेडियो फोरसँगको अन्तर्वातामा मलपासले करीब छ करोड व्यक्तिको दैनिक आय एक यूरोभन्दा कम हुने आँकलन गर्नुभयो । वैश्विक अर्थतन्त्रका लागि विनाशकारी हुने कोरोनाभाइरस महामारीले सामाजिक, सांस्कृतिक र स्वास्थ्यसँगै मानव जिविकोपार्जनको अन्य क्षेत्र समेत नराम्ररी प्रभाबित बनाउने उहाँले चेताबनी दिनुभयो ।
थोरै जोहो गर्न सक्ने समुदाय सबैभन्दा बढी प्रभाबित हुने उहाँले बताउनुभयो । उहाँले विश्वका थुप्रै राष्ट्रमा दैनिक जिविकोपार्जन गर्ने व्यक्तिले अनौपचारिक क्षेत्रमा समेत काम गर्ने अवसर पाउन सकेको छैन् । जसको असर आगामी एक दशकसम्म रहीरहने विश्व बैंकका प्रमुख मलपासले बताउनुभयो ।
उहाँले विश्व बैंकले आफूसँग सहकार्य गर्नेहरुसँग समन्वय गरी नराम्ररी प्रभाबित राष्ट्रलाई राहत उपलब्ध गराउँदै आएपनि उक्त राहत पर्याप्त नहुने चेताउनुभयो ।
विश्व आपूर्तिमा देखिएको समस्या प्रमुख चुनौती रहेको विश्व बैंकको आँकलन छ । यस्तो अवस्थाबाट पार पाउनु कठीन भएपनि सामूहीक प्रयासले नराम्ररी प्रभाबित राष्ट्र पनि सुदृढ अवस्थामा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।