काँकडभिट्टा, जेठ २५ : भारतबाट स्वदेश फर्किने नेपालीहरुको कोरोना जाँचका साथै सहजीकरणका लागि आइतबार पूर्वी नाकामा नेपाली सेनाले ‘स्क्रिनिङ क्याम्प’ खडा गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको ‘जिल्ला कोभिड संकट व्यवस्थापन समिति’को बिहीबार सम्पन्न बैठकले सीमावर्ती पूर्वी नाकामा सेनाको अस्थायी क्याम्प राख्ने निर्णय गरेको थियो ।
यसअघि जिल्लाकै कोरोना ‘हटस्पट’ कचनकवलको क्वारेन्टाइनको व्यवस्थापकीय जिम्मा सेनालाई दिइएको थियो ।
क्याम्पमा भारतबाट आउने नेपालीको स्वास्थ्य जाँच गरिने छ । झापाकालाई सम्बन्धित पालिकाहरुमा पठाइने छ । जिल्ला बाहिरकालाई सम्बन्धित जिल्ला पठाइने चारआलीस्थित नयाँ श्रीनाथ गण चारआलीका गणपति कर्नेल अमरजङ थापाले जनाए ।