म्युजिकल सिनेमा ‘तिमी छौ र त’

  पुष १९, २०८०

काठमाडौँ, १९ पुस : गायक यश कुमारको शब्द, सङ्गीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ को भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्रशंसा गर्नुभयो । 

गायक यश कुमारले मानव जातिमा प्रेमले कुनै पनि जात नहेर्ने बताउनुभयो । गीतमा ब्राह्मण समुदायका युवा र लिम्बू समुदायकी युवतीबिचको प्रेम बुनेर म्युजिकल सिनेमा निर्माण गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले गीतलाई आफूले मौलिक देखाउन लिम्बू समुदायकै बोलीचालीको भाषा प्रयोग गरेको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया