स्याङ्जामा थपिए १४ जना संक्रमित, कुल संक्रमित ३७

  जेठ २५, २०७७

स्याङ्जा, जेठ २५ : कारोनाको महामारीमा स्याङ्जामा आइतबार एकैपटक १४ जना कोरोना सङ्क्रमित थपिएका छन् भने स्याङजासहित गण्डकी प्रदेशमा ३८ जना थपिएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका घर भई पालिकाकै क्वारेन्टाइनमा बस्दैआएका १३ जना र भिरकोट नगरपालिका घर भई पालिकाकै क्वारेन्टाइनमा बस्दैआएका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित पुष्टि हुनेहरूमा वालिङका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षका पुरुष रहेका छन् भने भिरकोट नगरपालिकाका ४५ वर्षका पुरुष रहेका छन् । योसँगै स्याङ्जामा सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ ।

सङ्क्रमितहरू सबै भारतबाट आएका र क्वारेन्टाइनमा बस्दैआएका हुन् । वालिङका सङ्क्रमित जेठ १४ गते आएका हुन् भने भिरकोटका सङ्क्रमित जेठ १४ गते भारतबाट पालिकामा आएका हुन् । दुई बसमा ९२ जना र एक कारमा पाँच जना आएकोमा कारका दुई जना र बसका १२ जना सङ्क्रमित भेटिएको प्रअिज गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

पोखरामा उपचाररत महिला जिल्लामै ल्याइयो 

कारोना सङक्रमणका कारण पोखरामा उपचाररत कोरोना सङक्रमित  वालिङ – १३ की ३९ वर्षीय महिलालाई आइसोलेसनको लागि स्याङ्जाको हेलुस्थित कालिका सामुदायिक अस्पताल ल्याइएको छ । पोखरामा एक्लै भएको र कालिकालाई आइसोलेसन अस्पताल बनाइएकाले उपचारका लागि जिल्ला ल्याएको प्रजिअ गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

जेठ १५ गते भारतबाट आएर पीसीआर टेष्ट गर्दा सङक्रमित भेटिएकी महिलाका श्रीमान, देवर र छोरा समेत सङ्क्रमित भएकाले जिल्ला ल्याएको क्षेत्रीले बताउनुभयो । कोरोना सस्याङ्जा जिल्ला अस्पतालमा महिलाका लागि छुट्टै आइसोलेसन नभएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा लगिएको थियो ।  पोखरामा एक्लै आत्तिनुका साथै केही समस्या देखिएपछि जिल्लामै ल्याएको बताउँदै क्षेत्रीले क्षमताले भ्याएसम्म जिल्लामै उपचार गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया