सुपरलिग फुटबल : ललितपुर फाइनलमा

  पुष १२, २०८०

काठमाडौँ,१२ पुस : ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा पुगेको हो ।

ललितपुर सिटी एफसी र पोखरा थन्डर्स ीचको दोस्रो क्वालिफायर खेल अतिरिक्त समयमा गएको थियो । खेलको निर्धारित ९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको हो । ललितपुरको जितमा इमो इजिकेल र कुशल देउबाले एक-एक गोल गरेभने पोखराको लागि भने स्टेफन अन्नोरले गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा इजिकेलको गोलमार्फत पोखराले अग्रता लियो । खेलको ७१ औँ मिनेटमा ललितपुरका अन्नोरले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । त्यसपछी खेलको ९९ औँ मिनेटमा कुशलको गोल निर्णायक बन्दा ललितपुरले पोखरामाथी २–१ गोलको रोमाञ्चक जित निकाल्यो ।

तपाईको प्रतिक्रिया