काठमाडौँ, ८ पुस : जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा आजदेखि निरन्तर सुनुवाइ सुरु गरिएको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा बुधबारका लागि राखिएको हो । सोमबार र मङ्गलबार सार्वजनिक बिदा अदालत पनि बन्द रहने भएकाले सुनुवाइ बुधबार हुने भएको हो ।
यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो