काठमाडौँ, जेठ २३ : विभिन्न राजनीतिक दलका नेता र अधिकारकर्मीले रुकुम (पश्चिम) चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गर्दै बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता गणेश विक, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभाका सभासद् जीवन परियारलगायत नेता तथा अधिकारकर्मीले बिहीबार सभामुख सापकोटासँग भेट गरी सो माग गरेका हुन् ।
यही जेठ १० गते चौरजहारी –८ सोती निवासी मल्ल थरकी केटीसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीका घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरेको पीडित परिवारको आरोप छ ।
नवराजसँगै केटीका घरमा गएका अन्य पाँच जनाको शव भेरी नदीमा भेटिएको थियो । सोही घटनामा एक बेपत्ता छन् । सभामुख सापकोटाले घटनाप्रति आफू संवेदनशील रहेको बताउँदै संसदीय छानबिन समिति गठन गर्न संसदीय दलसँग छलफल गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।