शेयर बजार झण्डै १२ अङ्कले घट्यो, ८३ करोड ८० लाखको कारोबार

  कार्तिक २३, २०८०

काठमाडौँ, २३ कात्तिक : शेयर बजार आज दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ५२ दशमलव शून्य आठ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल र नेपाल एसबीआई बैंकको शेयर साढे ६ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरको शेयर सात प्रतिशतले बढेको छ ।

आज २८ लाख ३३ हजार कित्ता शेयर ८३ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको सात करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

तपाईको प्रतिक्रिया