हङकङ चीनको अविभाज्य क्षेत्र : प्रवक्ता पौडेल

  जेठ २१, २०७७

काठमाडौं, जेठ २१ : सरकारले हङकङ जनगणतन्त्र चीनको अविभाज्य क्षेत्र भएको दोहो-याउँदै एक चीन नीतिप्रति नेपाल अटल रहेको स्पष्ट गरेको छ ।

हङकङको राष्ट्रिय कानूनका सन्दर्भमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले नेपालको एक चीन नीतिप्रतिको नेपाल सरकारको प्रतिबद्धता दोहो-याउँदै त्यहाँ शान्ति–सुरक्षा र विधिको शासन कायम गर्नु चीनको दायित्व भएको बताउनुभयो ।

कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप हुन नहुने मान्यताप्रति नेपाल अडिग रहेको बताउँदै उहाँले हङकङमा शान्ति सुव्यवस्था कायम गर्न चीनले गरेका प्रयासप्रति नेपालको समर्थन रहेको स्पष्ट गर्नुभयो ।

तपाईको प्रतिक्रिया