सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७८ पुग्यो

  जेठ २१, २०७७

कैलाली, जेठ २१ : सुदूरपश्चिममा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कैलालीका ३ जना र डाेटीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको हो ।

नयाँ थपिएका मध्ये २० र २५ वर्षीय युवक कैलालीको गौरीगंगाका हुन् भने ५१ वर्षीय पुरुष धनगढी उपमहानगरपालिका-५ का हुन् ।

यस्तै डोटीको पूर्वीचौकी-४ का २२ वर्षीय युवक र वडानम्बर ७ का २५ वर्षीय युवक पनि कोरोना पुष्टि भएको छ ।

नयाँ थपिएका ५ जनासँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ ।

तपाईको प्रतिक्रिया