सुटिङ टिमको बिदाइ

  कार्तिक ०३, २०८०

काठमाडौं, ३ कात्तिक : नेपालका दुई सुटिङ खेलाडीले १५ औँ एसियाली सुटिङ च्याम्पियन्सीपमा सहभागिता जनाउने भएका छन् । ओलम्पिक छात्रवृत्तिमा रहेकी सुस्मिता नेपाल र विपेश खड्काले दक्षिण कोरियाको छाङवोङमा हुने प्रतियोगितामा सहभागिता जनाउनुहुनेछ ।

सुस्मिताले दस मिटर एयर राइफल र विपेशले दश मिटर एयर पिस्टोलमा खेल्नुहुनेछ । प्रतियागिता अक्टोबर २२ देखि नोभेम्बर २ तारिखसम्म हुनेछ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार सुटिङ टिमलाई शुभकामनासहित विदाइ गर्नुभयो ।

तपाईको प्रतिक्रिया