चीनबाट आइपुुग्यो स्वास्थ्य सामग्री

  जेठ १७, २०७७

काठमाडौँ, जेठ १७ : कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनबाट खरिद गरिएको करिब १४.८ टन स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले स्वास्थ्य सामग्री ल्याएको हो ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जहाजबाट स्वास्थ्य सामग्री लिएर आउने यो अन्तिम उडान भएको जनाकारी दिनुभयो । उहाँले बाँकी सामग्री एक दुई दिन बिराएर स्थलमार्गबाट ढुवानी गर्ने जानकारी दिनुभयो ।

चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले ‘जीटुजी’ प्रक्रियाद्वारा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि करिब दुई अर्ब रुपियाँ बराबरको ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री खरिद गर्न सेनाले वैशाखको पहिलो साता चीन सरकारको स्वामित्वमा रहेको सिनो फर्मासँग सम्झौता गरेको थियो ।  

तपाईको प्रतिक्रिया