स्वास्थ्य प्रणाली सुधारमा ६ अर्ब, स्वास्थ्य मन्त्रालयकाे बजेट ९० अर्ब

  जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७/७८को आर्थिक बजेट पेश गर्नुहुँदै कोरोनालगायतको राेकथाम तथा उपचारको लागि उल्लेख बजेट वृद्धि गर्नुभएकाे छ ।

उहाँले कोरोना रोकथाम तथा उपचारको लागि औषधि, उपकरण र अन्य सेवा सुविधाका लागि ६ अर्ब बजेट व्यवस्था गर्नुभएकाे छ  ।

नयाँ बानेश्वरस्थित संसद भवनमा डा. खतिवडाले सङ्घीय संसदको दुवै सदनमा २०७७/७८ को  बजेट पेश गर्नुभएको हो । उहाँले स्वास्थ्य मन्त्रालयकाे बजेट ९० अर्ब विनियाेजन गरेकाे बताउनुभयाे । 

स्वास्थ्यकर्मीहरूका लागि प्रोत्साहन भत्तास्वरुप  पाँच लाखसम्मको स्वास्थ्य बिमाको व्यवस्था गरिनुका साथै नागरिककाे स्वास्थ उपचार सहज बनाउन स्वास्थ्य बिमाका लागि सात अर्ब बजेट व्यवस्था गर्नुभएकाे छ । 

तपाईको प्रतिक्रिया