राष्ट्रपतिद्वारा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने महिला चिकित्सक सम्मानित

  भदौ २९, २०८०

काठमाडौं, २९ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल स्वास्थ्य क्षेत्रमा अतुलनिय योगदान पुर्‍याउने पाँच जना महिला चिकित्सकलाई सम्मानित गर्नुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतको उपस्थितिमा शुक्रबार राष्ट्रपति भवनमा नेपाल चिकित्सक संघले आयोजना गरेको सम्मान कार्यक्रममा वमन इन मेडिसिनबाट पाँच जना महिलालाई राष्ट्रपति पौडेलले सम्मानित गर्नुभएको हो ।

वमन इन मेडिसिनबाट सम्मानित हुनुहुनेमा डा. अर्चना अमात्य, डा. गिता शाक्य, डा. मिता सिंह, डा. कोकिला बैद्य र प्रमिला प्रधान हुनुहुन्छ ।

यसैगरी, अन्य पाँच जना महिलालाई लाइभ टाइम अचिभमेन्ट प्रदान गरिएको छ । लाइभ टाइम अचिभमेन्ट पाउनुहुनेमा डा. दिव्यश्वरी श्रेष्ठ, डा.लता बज्राचार्य, डा.शोभा अर्याल, डा. कस्तुरी मल्ल र डा. गीता कार्की हुनुहुन्छ । ( गोरखापत्र)

तपाईको प्रतिक्रिया