धनगढी, जेठ १४ : सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा एक जनाको मृतयु भएको छ। कैलालीका गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय पुरुषको आईसोलेसनमै मृत्यु भएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनी भारतको महाराष्ट्रबाट धनगढी फर्किएका थिए । मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको र आजै परीक्षण हुने समेत सूचना अधिकारी श्रेष्ठले बताए ।
‘१३ गते मात्रै उनी धनगढी पुगेका थिए,’ उनले भने, ‘सुरुमा अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । कोरोनाको लक्षण देखिएपछि आईसालेसनमा राखिएको थियो। आज विहानै मृत्यु भएको छ ।’