डब्लुएचओद्वारा हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल परीक्षण बन्द गर्ने निर्णय

  जेठ १३, २०७७

काठमाडौं, जेठ १३ : विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस विरुद्ध उपयोगि मानेर प्रयोगमा ल्याइएको हाइड्रोक्सीक्लोरोक्वीन औषधिको क्लिनिकल परीक्षणमा राेक लगाएकाे  छ ।

भारतबाट प्रकाशित हुने टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार गत् साता सार्वजनिक गरिएको एक अध्ययनले हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुन सक्ने देखाएको थियो । लगत्तै विश्व स्वास्थ्य संगठनले तात्कालका लागि उक्त औषधीको प्रयोगशाला परीक्षण बन्द गर्ने निर्णयमा पुगेको हो ।

विश्व स्वास्थ्य संगठनले सोमबार गरेको पत्रकार सम्मेलनमा प्रमुख टेड्रस अदनोम गेब्रेससले औषधि प्रयोगको सुरक्षाबारे पुनरावलोकनपछि प्रयोगशाला परीक्षण बन्द गर्ने निर्णयमा पुगेको जानकारी दिनुभयो ।

यसअघि उक्त औषधी अमेरिकासहित कतिपय राष्ट्रमा कोभिड–१९ विरुद्ध प्रयोगमा ल्याइएको थियो । मलेरिया रोग विरुद्ध चलाइने उक्त औषधि भारतले विश्वभरि निर्यात गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया