काठमाडौँ, १८ भदौ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल पुनः सुरु भएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा वर्षाका कारण अवरुद्ध भएको खेल भरखरै सुरु भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभर खेल्दा वर्षाका कारण खेल अवरुद्ध भएको थियो । नेपालले ३७ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै एक सय ७८ रनको योगफल बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा रहेका छन् ।