चर्चित जापानी ‘रेस्लर’ हाना किमुराको मृत्यु

  जेठ १०, २०७७

काठमाडौँ, जेठ १० : जापानकी व्यवसायिक महिला कुस्ती (रेस्लर) खेलाडी हाना किमुराको निधन भएको छ । बाइस वर्षीया किमुरा जापानको चर्चित नेटफ्लिक्स ‘रियलिटी शो’ टेरेस हाउसको एक चर्चित पात्रको रुपमा अभिनय गर्नुभएको छ । तीनजना पुरुष र किमुरासहित तीन महिला सम्मिलित उक्त शो कोरोनाभाइरस सङ्क्रमणको जोखिमका बीच केही दिनअघि मात्रै स्थगित गरिएको थियो ।

किमुरा आबद्ध संगठन स्टारडम रेस्लिङले किमुराको निधनको पुष्टि गर्दै प्रशंसकलाई आदरपूर्वक प्रस्तुत हुन आग्रह गरेको छ । उहाँको मृत्युको कारण भने अझै स्पष्ट भइसकेको छैन् । मृत्यु हुनुभन्दा केही अघि मात्रै किमुराले सामाजिक सञ्जालमा आफूमाथि श्रृङ्खलाबद्ध रुपमा आक्रमण भएको उल्लेख गर्नुभएको थियो । बिरालोसँगै फोटो अपलोड गरी उहाँले आफ्नो पछिल्लो अवस्थाबारे जानकारी गराउन सामाजिक सञ्जाल इन्स्टाग्राममा शुक्रबार साँझ ‘गुडबाई’ लेखेर साझा गर्नुभएको थियो ।

शुक्रबार नै किमुराले इन्स्टाग्राममा आफू अझै मानव हुन नचाहेको र प्रशंसक धन्यवादसहित अभिवादन गर्नुभएपछि किमुराको अवस्थाबारे सोधखोज गर्न सुरु भएको थियो । किमुराकी आमा क्योको किमुरा पनि चर्चित कुस्ती खेलाडी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया