सुव्रतको ‘केही मिठो बात गरौँ’

  साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : पत्रकार सुव्रतराज आचार्यको प्रिमियम ‘टक सो ‘केही मिठो बात गरौँ’ को पहिलो सिजन प्रसारण हुने भएको छ । ओएसआर डिजिटलको युट्युब प्लेटफार्म ओएसआर रियालिटीमार्फत भदौ महिनादेखि हरेक हप्ता प्रसारण हुने छ ।

२६ शृङ्खला प्रसारण हुने पहिलो सिजनमा अभिनेता सरोज खनाल, गायक रामकृष्ण ढकाल, गायिका देविका वन्दना, गायक आनन्द कार्की, साहित्यकार नयनराज पाण्डे, डा. दिलजान मंसुर, अभिनेतृ रिमा विश्वकर्मा, अभिनेता आकाश श्रेष्ठ, मोडल गरिमा शर्मालगायतसँग सुव्रतले गरेको कुराकानी रहेको छ ।

तपाईको प्रतिक्रिया