अशोकले इस्ट एसियन युथ गेम्स सञ्चालन गर्ने

  साउन ३०, २०८०

काठमाडौँ, ३० साउन : तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मङ्गोलियामा हुने इस्ट एसियन युथ गेम्स २०२३ मा खेल सञ्चालन गर्नुहुने भएको छ ।

ओलम्पिक काउन्सिल अफ एसिया र मङ्गोलियाको खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा हुने सो खेलकुद मेलामा तेक्वान्दोतर्फ निर्णायकका लागि दक्षिण एसियाबाटै एकमात्र रेफ्रीको रुपमा अशोक चयन हुनुभएको हो ।

अशोक हाल दक्षिण कोरियामा हुनुहुन्छ । दुई हप्ताअघि विश्व र्‍याङकिङ जि २ प्रतियोगिता किम योङ कप तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न अशोक दक्षिण कोरियाको मुजु जानुभएको थियो ।

उहाँ दक्षिण कोरियाबाट नै मङ्गोलियाको उलानबाटर प्रस्थान गर्नु हुनेछ । प्रतियोगिता अगष्ट १६ देखि २२ तारिखसम्म हुनेछ ।

तपाईको प्रतिक्रिया