काठमाडौं, १८ साउन : सहकारी पीडितहरूले काठमाडौँको बिजुलीबजारमा आन्दोलन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति नेपालले बिहीबार दिउँसो बिजुलीबजारको पुलमा आन्दोलन गरेका हुन् । जसका कारण बानेश्वर माइतीघर सडक खण्डमा गाडी प्रभावित भएका छन् ।
समितिले सहकारी पीडित बचतकर्ताहरूको निक्षेप अविलम्ब फिर्ताका लागि माइतीघर मण्डलामा ४५ दिन धर्ना पश्चात् ४६ औँ दिनबाट रिले अनशन जारी राखेका छन् । सहकारी पीडितले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेका गोरखापत्र अनलाइनमा उल्लेख छ ।