प्रिमियर लिगका छ खेलाडीमा कोभिड–१९ को सङ्क्रमण

  जेठ ०६, २०७७

काठमाडौँ, जेठ ६ : प्रिमियर लिग फुटबल सञ्चालनको तयारी भइरहँदा लिगमा सहभागी हुने तीन क्लबका छ जना खेलाडीमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । आगामी जुन महिनादेखि प्रिमियर लिग फुटबलका खेल सुरु हुँदैछ ।

प्रिमियर लिग सुरु हुनुअघि १९ क्लबका ७४८ जना खेलाडीमा कोभिड–१९ सङ्क्रमणको परीक्षण गरिएको छ । सङ्क्रमण पुष्टि भएका खेलाडीलाई कम्तीमा सात दिन आइसोलेसनमा राखिनेछन् । बाँकी रहेका क्लबका खेलाडी तथा अधिकारीहरूको नमूना सङ्कलन मङ्गलबार गरिँदैछ । शनिबार उनीहरूको स्वास्थ्य परीक्षण प्रतिवेदन सार्वजनिक गरिनेछ ।

मङ्गलबारदेखि नै क्लबका खेलाडी सम्पर्क बिनाको प्रशिक्षणमा सहभागी हुनेछ । कोभिड–१९ सङ्क्रमणको जोखिमका बीच १३ मार्चदेखि प्रिमियर लिगका खेल स्थगित भएको थियो । प्रिमियर लिगको ९२ खेल खेल्न बाँकी छन् । प्रत्येक क्लबलाई खेलाडी र म्याच अधिकारीसहित ४० जनाको नमूना परीक्षण गर्ने सिलिङ् निर्धारण गरिएको छ ।

प्रिमियर लिगका खेलहरू १२ जुनदेखि सुरु हुने निर्धारण गरिएको थियो । तर तयारी र खेलाडीमा सङ्क्रमणको परीक्षण लगायतको कारणले प्रतियोगिताको बाँकी रहेका खेल अझै पछाडि धकेलिने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया