स्पेन र जापान नकआउट चरणमा

  साउन १०, २०८०

काठमाडौं, १० साउन : स्पेन र जापान फिफा महिला विश्वकप फुटबलको नकआउच चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत बुधबार भएको खेलमा स्पेनले जाम्बियालाई ५–० गोलले हरायो । अर्को खेलमा जापानले कोस्टारिकालाई २–० गोलले स्तब्ध बनाउँदै अन्तिम १६ मा स्थान बनाएको हो ।

स्पेनको जितमा टेरेसा अबेलेइराले नवौं मिनेटमा खाता खोल्नुभयो । जेनिफर हर्मोसोले १३औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । अल्बा रेडोन्डाले ६९औं र हर्मोसोले ७०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता थप बलियो बनाउनुभयो । त्यसपछि ८५ओं मिनेटमा अल्बा रेडोन्डाले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सजिलै जिताउनुभयो । 

यसैगरी जापानको जितमा हिकारु नामोतोले २५औं र अबा फुजिनोले २७ औं मिनेटमा गोल गर्नुभयो । जितसँगै स्पेन र जापानले ६ अङ्क बनाएको छ । यी दुई टोलीबीच अब समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । हारसँगै जाम्बिया र कोस्टारिका विश्वकपबाट बाहिरिएका छन् ।

तपाईको प्रतिक्रिया