काठमाडौँ, ७ साउन : न्यु लुक मिस्टर नेपाल २०२३को उपाधि पाइलट समर्पण कार्कीले हात पार्न सफल हुनुभएको छ । १९ जना प्रतिस्पर्धी पछि पार्दै कार्की उपाधि जित्न सफल हुनुभएको हो ।
शनिवार काठमाडौँमा नेक्स्ट मोडल नेपालले प्रतियोगिताको आयोजना गरेको थियो । विजेतालाई ढाका टोपीको ताज पहिराइएको थियो ।