काठमाडौं, १ साउन : श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग पराजित भएको छ ।
आर प्रेमदासा क्रिकेट रङ्गशालामा सोमबार भएको खेलमा नेपाल भारतसँग नौ विकेटले पराजित भयो । लगातार दोस्रो हारसँगै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
जितका लागि एक सय ६८ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ले २२.१ ओभरमा एक विकेटको क्षतिमा १७२ रन जोड्दै लक्ष्य पूरा गरेको हो । भारतका लागि ओपनर अविशेक शर्मा र शाही सुदर्शनले अर्धसतकीय इनिङ्स खेल्नुभयो । अविशेकले ८७ रन बनाउनुभयो । उहाँले ६९ बलमा १२ चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो ।