मौसमी प्रणालीको प्रभाव : कुन प्रदेशमा भइरहेको छ वर्षा ?

  असार २८, २०८०

काठमाडौँ, २८ असार : हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यून चापीय रेखा पश्चिमतिर सददर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुकासाथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षासमेत भएको छ ।

आज रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । भोलि २९ गते शुक्रबार पनि कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया