काठमाडौँ, जेठ ३ : पहिलो पटक दुई जना नेपाली सेनामा कार्यरत सैनिकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले महोत्तरीमा कार्यरत सैनिकमा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।
यसअघि स्वास्थ्य मन्त्रालयमा अायाेजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले महाेत्तरीका ५२ वर्षकाे पुरूष तथा काभ्रेका २६ वर्ष युवकमा काेराेना पुष्ट भएकाे जानकारी गराउनुभएकाे थियाे ।