काठमाडौँ, १५ असार : राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले राख्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
बैठकमा उक्त प्रस्तावमाथिको छलफलमा सभाका सदस्य खिमलाल देवकोटा, विमला घिमिरे, तुलसाकुमारी दाहाल, राजेन्द्रलक्ष्मी गैरे, रामचन्द्र राई, दिलकुमारी रावल थापा पार्वती, सुमित्रा विसी, कुमार दसौदीले भाग लिनुभएको थियो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकका विभिन्न शीर्षकमाथि छलफलका लागि यही असार १८ देखि २२ गतेसम्मको समय निर्धारण गर्नुभएको छ । यसैगरी सम्बन्धित मन्त्रीबाट जवाफ दिनका लागि असार २४ देखि २६ गतेसम्मको समय निर्धारण गरिएको छ ।
राष्ट्रियसभाको अर्काे बैठक असार १८ गते दिउँसो १ बजे बस्नेछ ।