मोरङ, ३१ जेठ : कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले यही जेठ ३१ गते राति १२ बजेदेखि प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गर्नुभएको हो । उहाँले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को यही जेठ ३१ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको अधिवेशन अन्त्य गर्नुभएको हो ।
प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने छ । (रासस)