थप नौ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २ सय ५८ पुग्यो

  जेठ ०२, २०७७

काठमाडौं, जेठ २ : पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अञ्चल अस्पताल नेपालगन्जमा गरिएको परीक्षणअनुसार शुक्रबार बिहान नौजना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमा मकवानपुरका ३७ वर्षीय पुरुष, बाँके, नैनपुर वडा नं १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२, ३६ वर्षीय पुरुष रहेका छन् ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया