कोशी अस्पताल विराटनगरबाट एकजना डिस्चार्ज

  जेठ ०१, २०७७

विराटनगर, जेठ १ : कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप एकजना कोरोना भाइरसमुक्त भएपछि शुक्रबार डिस्चार्ज गरिएको छ । उदयपुरको भुल्केबाट गत वैशाख ५ गते भर्ना गरिएका भारतीय नागरिक २५ वर्षीय मोहम्मद अदुबकर सुल्तान डिस्चार्ज हुनुभएको हो ।


सुल्तान डिस्चार्ज भएसँगै कोभिड–१९ उपचार केन्द्रबाट १७ जना निको भएर घर फर्कनुभएको छ । अस्पतालमा अझै १८ जना उपचाररत रहनुभएको छ । डिस्चार्ज हुनुभएका भारतीय नागरिक सुल्तानलाई रानी मरकजको क्वारेन्टीनमा राखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रदेश १ मा ३५ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो । जसमध्ये उदयपुर ३२ जना, झापामा दुई र भोजपुरको एकजना रहनुभएको थियो । हालसम्म उदयपुरका १५ जना झापाका एकजना र भोजपुरका एक जनाले कोरोनाभाइरस पराष्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया