रेम्डिसिभिर औषधि बनाउन भारत र पाकिस्तानसँग सम्झौता

  जेठ ०१, २०७७

काठमाडौं, जेठ १ : अमेरिकी औषधि निर्माता कम्पनी जिलिडले कोभिड–१९ विरुद्ध प्रयोग गरिने रेम्डिसिभिर औषधि बनाउन भारत र पाकिस्तानसँग सम्झौता गरेको छ । भारत र पाकिस्तानमा उत्पादन सुरु भए उक्त औषधि विश्वका १२७ देशमा आपूर्ति गरिनेछ ।

जिलिडले यी दुई देशका पाँचवटा औषधि बनाउने कम्पनीसँग सम्झौता गरेको बीबीसीले जनाएको छ । विश्वभरिका अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणबाट रेम्डिसिभिर प्रयाेग गर्दा १५ दिन  देखिने सुधारकाे लक्षण ११ दिनमा पाइएको छ । रेम्डिसिभिर यसअघि इबोलाको उपचारका लागि विकास गरिएको थियो ।

अमेरिकी ‘नेशनल इन्स्टिच्युट अफ एलर्जि एण्ड इन्फेक्शस डिजिज’ले गरेको परीक्षण प्रयोगशालाबाट रेम्डिसिभिरको प्रयोग कोभिड–१९ का सङ्क्रमितमा सुहाउँदो फेला परेको छ । यद्यपि सङ्क्रमणबाट हुने मृत्युमा रेम्डिसिभिरको प्रभावबारे अझै स्पष्ट भइसकेको छैन ।

तपाईको प्रतिक्रिया