तस्बिरमा कालीमाटी तरकारी बजारकाे स्वाब सङ्कलन

  जेठ ०१, २०७७

काठमाडौँ, जेठ १ : छिमेकी देश भारत र नेपालका विभिन्न भागबाट तरकारी र फलफुल आयात हुने काठमाडौँ महानगरपालिका वडा नम्बर १३, कालीमाटी तथा फलफुल थाेक बजार क्षेत्रमा कोरोना भाइरसको परीक्षणका लागि मानिसहरूकाे थ्राेट स्वाब सङ्कलन गरिएकाे छ ।

कालीमाटी क्षेत्रमा तरकारी तथा फलफूल ढुवानी, खरिद बिक्री तथा सफाइमा संलग्न मजदुर तथा किसानकाे स्वाब सङ्कलन गरिएकाे थियाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यस क्षेत्रमा फलफूल र तरकारी व्यवसायमा संलग्नहरूकाे काेराेनाभाइरस परीक्षणका लागि स्वाब सङ्कलन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार तीनसय जनाको पीसीआर र सातसय जनाको आरडीटी परीक्षण हुनेछ ।

तपाईको प्रतिक्रिया