काठमाडौँ, १५ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसदमा सिफारिस हुनुभएकी विन्दवासिनी कंशाकारले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
कंशाकारले आज दिउँसो ३ बजे सिंहदरबारस्थित कानुन समितिको हलमा सांसद पदको शपथ लिनुभएको हो । रास्वपाको आदिवासी जनजाति कोटाबाट सांसद पदमा निर्वाचित कंशाकारलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
रास्वपाले कंशाकारलाई हालै समानुपातिक सांसदमा सिफारिस गरेको थियो ।