प्रधानमन्त्रीले बोलाउनुभयो सर्वदलीय बैठक

  बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठकको बोलाउनुभएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले  ट्वीटरमा प्रधानमन्त्री ओलीले बैठक बोलाउनुभएको जानकारी सार्वजनिक गर्नुभएको हो । 

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख र पूर्व प्रधानमन्त्रीलाई आमन्त्रणा गरिएको जानकारी ट्वीटरमा दिनुभएको छ । यसअघि पनि भारतले जारी गरेको नक्साको विषयमा प्रधानमन्त्रीले यसै गरी सर्वदलीय बैठक बोलाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया