सिमानामा काँडेतार लगाउन आग्रह

  बैशाख ३१, २०७७

काठमाडौं, वैशाख ३० : राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले तत्काल सिमानामा काँडेतार लगाउन आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत परराष्ट्र मन्त्रालयमा दिइएको ज्ञापनपत्रमा नेपाल सरकारले सिमानाको दीर्घकालीन समाधान खोजेर सिमानाकामा काँडेतार लगाउनुपर्ने, सुरक्षा मजबुत बनाउनुपर्नेलगायत माग गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य गोपाल बुढाले जानकारी दिनुभयो ।

त्यस्तै नेविसंघ दैलेखले पनि सिमाना रक्षाबारे प्रजिअ युवराज कट्टेलमार्फत मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको केन्द्रीय सदस्य लोकेश आचार्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया