भारतीय क्वारेन्टाइनमा बसेका नेपालीमा पोजिटिभ पुष्टि

  बैशाख ३०, २०७७

लुम्बिनी, वैशाख ३० : स्वदेश फर्किने पर्खाइमा रहेका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ ।

नौतनवास्थित माड्रन एकाडेमी स्कूलको क्वारेन्टाइनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको महाराजगञ्ज जिल्लाका चिकित्सक ड. उज्ज्वल कुमारले बताउनुयो ।

पच्चीस वर्षीय ती युवक बसेको उक्त क्वारेन्टाइनमा ८२ नेपाली छन् । ती युवक मुम्बईदेखि आएको भारतीय पत्रकार अरविन्दले बताउनुभयो । रुपन्देहीको सीमापारि रोकिएका एक हजार नेपालीलाई बुधबार नेपाल ल्याउने तयारी गरिरहँदा कोरोना देखिएको हो ।

तपाईको प्रतिक्रिया