मदन–आश्रित स्मृतिमा फुटबल प्रतियोगिता सुरु

  जेठ ०३, २०८०

काठमाडौँ, ३ जेठ : प्रथम मदन–आश्रित स्मृति नकआउट सेभेन ए साइड खुला फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट पिपुल्स भोलेन्टियर्सको आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा काठमाडौँको मनमैजुस्थित मैदानमा हुने प्रतियोगिता यही जेठ ८ गतेसम्म हुनेछ ।

नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले प्रतियोगिताको शुभारम्भ गर्दै नेपालको कम्युनिष्ट सिद्धान्तलाई मौलिक बनाएर त्यसलाई लोकप्रिय बनाउन जननेता मदनको योगदान अतुलनीय रहेको बताउनुभयो ।

पार्टी उपाध्यक्ष प्रमेश हमाल, पोलिटब्यूरो सदस्य दिलु पन्तलगायतले नेपाली राजनीतिमा मदन आश्रितको आदर्श, निष्ठा र सङ्घर्ष सबैका लागि अनुकरणीय रहेको चर्चा गर्नुभयो । प्रतियोगितामा ८० टोलीको सहभागिता छ । प्रतियोगिता बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागिताका लागि एक टोलीलाई रु पाँच हजार दर्ता शुल्क राखिएको छ ।

तपाईको प्रतिक्रिया