इलामको नामसालिङमा आगलागी, तीन घर जले

  बैशाख ३०, २०७७

पशुपतिनगर (इलाम) बैशाख ३० : इलामको माईजोगमाई गाउँपालिका ३ को नामसालिङ स्थित शुक्रबारे बजारमा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन । सोमबार राती भएको आगलागिमा स्थानीय मांगेलाल गर्ग , छत्रकुमारी दर्जी र रुकमीणी प्रधानका तीनवटा काठका घर जलेर नष्ट भएका हुन ।

आगलागिबाट गर्ग र दर्जीको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने प्रधानको घर आगलागि नियन्त्रण गर्ने क्रममा भत्काईएको छ । राती कविर १० बजे शुरु भएको आगो बिहान ३ बजे मात्र नियन्त्रणमा आएको थियो । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

आगलागिबाट ७० लाख बढीको क्षती भएको स्थानीय प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले क्षती बिबरण संकलन भैरहेको जानकारी दिनु भएको छ ।

आगो नियन्त्रण गर्न सूर्योदय नगरपालिका र इलाम नगारपालिकाका दमकल मगाईए पनि नआएको स्थानीयले बताएका छन् । आगलागिको कारण खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया