काठमाडौँ, ३१ वैशाख : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भ्रष्टाचारीलाई बाग्मतीमा चोपल्न आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले यस पटक भने भ्रष्टाचारी विरुद्धमा मुख खोल्नुभएको हो ।
उहाँले भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्ने होइन, सिधै कारबाहीमा जानुपर्ने जनाउनुभएको छ । ‘तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएकोको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’
उहाँले फेसबुकमा लेख्नुभएको छ,
‘भ्रष्टाचार विरुद्धको आन्दोलन ?
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपाल्नुस ।
यस्तो सडक नाटक धेरै देखी सक्यो हामीले ।
पत्याउँदिन म चाही ।
तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।