कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना पुष्टि, कुल १३४ संक्रमित, एकै दिन थपिए २४ संक्रमित

  बैशाख २९, २०७७

काठमाडौं, वैशाख २९ : पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमित सङ्ख्या १३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेमा ६ जना कपिलबस्तुका अर्का ६ जना रुपन्देहीका पुरुष र बर्दिया कि ११ वर्षिया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित पुष्टि भएकामा कपिलबस्तु यशोधारा गाउँपालिका ८ र बुद्दमूमि नगरपालिका ७ निवासी १५,१९,२३, ३०, ३२ र ४० वर्षीय ६ जना पुरुष रहेका छन् त्यस्तै रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी र्संस्कृतिक गाउँपालिका ६ निवासी २४,२६,२७, ३०, ३२ र ४० वर्षीय ६ जना पुरुष रहेका छन् ।

त्यस्तै अर्को बर्दिया राजपुर ५ निवासी ११ वर्षीया महिलामा संक्रमण देखिएको छ । उहाँहरुको टेकु स्थित राष्ट्रिय प्रयोगशालमा स्वाबको परीक्षण गरिएको र उहाँहरुको स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ । उहाँहरू चिकित्सककाे सम्पर्कमा हुनुहुन्छ । 

सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबारै सप्तरीमा पनि एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार साँझ थप १३ जनामा पुष्टि भएपछि नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।

बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो । सोमबार साँझ १३ जनामा पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।

तपाईको प्रतिक्रिया