भारतीय अतिक्रमणविरुद्ध माेदीको पुत्ला दहन

  बैशाख २९, २०७७

काठमाडौं, वैशाख २९ : भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा सोमबार पनि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ ।

भारतीय अतिक्रमणविरुद्ध विभिन्न दलसम्बद्ध भ्रातृ संगठनका नेता कार्यकर्ता सडकमा प्रदर्शनमा उत्रिएका हुन् ।

सोमबार माइतीघर–बबरमहल क्षेत्रबाट ३० जना जति प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले कान्तिपुरलाई जानकारी दिए ।

सोमबार प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनसमेत गरेका थिए । शुक्रबार भारतले .लिपुलेक हुँदै तिब्बत जोड्ने सडकमार्गको उद्घाटन गरेसँगै सडकदेखि सदनसम्म त्यसको विरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया