सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बजेट अधिवेशन भोलिदेखि सुरु हुने

  बैशाख २३, २०८०

काठमाडौँ, २३ वैशाख : सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बजेट अधिवेशन भोलि आइतबारदेखि सुरु हुदैँछ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आव्हान गर्नुभएको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयमा महासचिव भरतराज गौतमले जानकारी दियो।

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा सोअघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया