अमेरिकन आइडलको टप ७ मा पुगे दिवेश

  बैशाख २९, २०७७

काठमाडौं, वैशाख २९ : नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप सेभेनमा पुग्न सफल हुनुभएको छ । विश्वकै निकै चर्चित रियालिटी सोका रूपमा रहेकाे साे कार्यक्रममा श्राेताकाे भोटबाट उहाँ टप सेभेनमा पुग्न सक्नुभएको हो ।

दिवेशको दमदार प्रस्तुतिबाट जजहरु निकै प्रभावित हुने गरेको र उहाँलाई अहिले अमेरिकन आइडलको दरो प्रतिश्पर्धीका रुपमा पनि हेरिने गरिएको छ । यो चरणमा पनि छनाेट हुन सफल भए उहाँ टप पाइभ अर्थात  फाइनलमा पुग्नु हुने छ । फाइनल प्रतिश्पर्धा यही मे १७ मा हुने छ ।

उहाँको प्रस्तुतिमा भोटिङका लागि अमेरिकी आइडलको वेभसाइटमा गएर वा एप्समार्फत  गर्न सकिने छ । यो सुविधा अमेरिकामा बस्नेका लागि मात्र भएको हो तर नेपालबाट भोट गर्न चाहेमा भिपिएन डाउनलोड गरी गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया